मुस्ताङमा भेंडा चोरेर काट्ने एकजना पक्राउ

मुस्ताङ, माघ २६
मुस्ताङमा भेंडा चोरेर काट्ने एक जना पक्राउ परेका छन् । २४ गते राति अत्याधिक रक्सी सेवनपछि जोमसोमका सोनाम गुरुङको खोरबाट भेंडा चोरेर ठिनी लगेर आफ्नै निवासमा काटेर खाएको र अन्य मासु सुकाएर राखेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
भेंडा चोरेर काट्ने ३२ वर्षिय दावा शेर्पा ओखलढुङ्गा घर भई हाल ठिनी बस्दै आएका थिए । भेंडा करिब २० हजार मुल्यको भएको प्रहरी कार्यालयले उल्लेख गरेको छ । उनलाई शुक्रबार उनकै बासस्थानबाट पक्राउ गरिएको थियो ।
उनलाई चोरी मुद्दामा अनुसन्धानको लागि थुनामा राखिएको प्ररही नायव उपरीक्षक महेन्द्र खड्को जानकारी दिए ।