६ प्याराग्लाइडिङ फेवातालमा खसे

पोखरा, असोज ३० ।
चर्को हावाहुरीका कारण आकाशमा उडिरहेका ६ वटा प्याराग्लाईडिङ फेवातालमा खसेका छन् । ६ वटा प्याराग्लाइडिङमा सवार १२ जनाको उद्दार भइसकेको छ । तिमध्ये १ जना चाइनिज पर्यटकको अवस्था असामान्य भएकाले अस्पतालमा उपचार भैरहेको छ ।
के कति प्याराग्लाइडिङ र व्यक्ति तालमा फँसेका छन् भन्ने यकिन हुन सकेको छैन । प्रहरीको उद्दार टोली तालमा पुगेको छ । घटनाको बिस्तृत विवरण आउन बाँकी छ । प्याराग्लाइडिङ सराङकोटबाट उडेका थिए ।
घटनाबारे थप विवरण आउन बाँकी छ ।