५७ करोड ठग्नेलाई ४ लाख धरौटी, अपराध ठूलो–कारबाही सानो

काठमाण्डौं, पुस १८ ।
५७ करोड रुपैयाँ बैंकिङ ठगीका आरोपी सामान्य धरौटीमा छुटेका छन् । तत्कालीन किष्ट बैंकका कर्मचारी तथा तथा ऋणाीहरुलाई उच्च अदालत पाटनले न्यूनतम धरौटीमा छाड्न आदेश दिएको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकका तत्कालीन कर्मचारी बाल नरसिंह घर्ती र प्रगुन श्रेष्ठ तथा ऋणीहरु कुलप्रसाद पोखरेल, प्रमोद कुमार देव र अजयकुमार देवलाई पक्राउ गरी मुद्दा दायर गरेको थियो । उनीहरु गतसाता न्यूनतम धरौटीमा छुटेका हुन् ।

घर्तीविरुद्ध ५७ करोड ४४ लाख ८ हजार ४ सय ४८ रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर भएको थियो । उनी चार लाख धरौटीमा पुगेको खबर नयाँ पत्रिका दैनिकले छापेको छ ।