२ नम्बर क्षेत्रका घरघरमा काँग्रेसी उम्मेदवार

पोखरा, कार्तिक २५ ।
क्षेत्र नम्बर २ का उम्मेदवारहरु शनिवार विभिन्न वडामा घरदैलो गरेका थिए । शनिवार नै पोखरा ३३ भरतपोखरीमा कार्यकर्तासँग भेटघाट गरेका छन् । भरतपोखरी, पुणिटार र कालिकास्थानमा चुनावी सम्पर्क कार्यालय स्थापना गरिएको छ । प्रतिनिधीसभा सदस्य उम्मेदवार देवराज चालिसे र प्रदेशसभा (क) का उम्मेदवार गुरु बरालले कार्यालय उद्घाटन गरेका हुन् । पोखरा ९ मा पनि घरदैलो कार्यक्रम गरिएको थियो । घरदैलोमा चालिसे सहित प्रदेशसभा (ख) का उम्मेदवार विन्दु थापा, नेवाः खल कास्कीका अध्यक्ष असोक पालिखे लगाएत पार्टीका नेता तथा कार्यकर्ता र सर्वसाधारण नागरिकहरु सहभागी थिए ।
यस्तै प्रदेशसभा (क) अन्तर्गत उम्मेदवार गुरु प्रसाद बराल, प्रतिनिधीसभा सदस्य उम्मेदवार देवराज चािलसे, काँग्रेसका आमन्त्रित केन्द्रिय सदस्य कुमार खड्का लगाएतले छोरेपाटनका टोलहरुमा घरदैलो गरेका थिए । घरदैलोमा क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश (ख) का उम्मेदवार विन्दुकुमार थापाले आँफु विकासका एजेण्डा सहित चुनावी प्रतिश्पर्धामा रहेकाले विजयी गराउन मतदातासँग आग्रह गरे । ‘प्रदेशको सबै भार पोखरामा छ । पोखराको प्रतिनिधीत्व मैले गर्दैछु, उनले भने–विकास गर्न भिजन चाहिन्छ । त्यसका लागि काँग्रेसलाई भोट दिनुस् ।’ पोखरामा लगानी विस्तार गरी सबैलाई रोजगारी दिने अवसर सिर्जना गर्नेछौं । प्रत्येकको आम्दानी बढाउने बिषयमा प्लानिङ सहित लागिरहेको छु, उनी भन्छन्–कृषि, पर्यटन, उर्जा र दक्ष जनशक्तिलाई मुख्य प्राथमिकतामा राखेको छु ।’
क्षेत्र नम्बर २ (क) का उम्मेदवार गुरुप्रसाद बरालले कम्युनिष्टको भ्रमले जनतालाई घात भएको बताए । क्षेत्र नम्बर २ अन्तर्गत पोखरा १७ को सम्पर्क कार्यालय स्थापना गर्दै उनले लोकतन्त्रको रक्षाका लागि यो चुनावमा काँग्रेसलाई बिजयी गराउनुपर्ने बताएका हुन् । ‘कम्युनिष्टहरुले चुनावी तालमेल मात्रै गरेको भए हामीलाई खासै चिन्ता हुने थिएन, उनले भने–तर यो गठबन्धन लोकतन्त्रलाई परास्त गर्नका लागि हो । सबै लोकतन्त्रवादीहरु एकजुट हुनु जरुरी छ ।’ कार्यक्रममा नेपाली काँग्रेसका आमन्त्रीत केन्द्रिय सदस्य कुमार खड्काले रवीन्द्र अधिकारीको एनसेल काण्डका सबै प्रमाण सार्वजनिक गर्ने चेतावनी दिएका छन् । कार्यालय उद्घाटनपछि बोल्दै उनले ‘एनसेल खरिद विक्रि काण्डदेखि उसलाई अवैधानिक तरिकाबाट फोर जी सेवा संचालन अनुमति’ दिन गरिएको निर्णय कानुन विपरित भएको दोहो¥याए । ‘मैले यो काण्डको विषयमा कुरा उठाएपछि बाम गठबन्धनका धेरै साथीहरु म सँग चिढिएका छन् । र, मलाई यस्तो कुरा नबोल्नका लागि घुमाउरो चेतावनी पनि दिएका छन् ।’ उनले भने–‘तर म त्यतिकै आरोप प्रत्यारोपमा उत्रिएको छैन । म सँग प्रमाणहरु छन् । र, केहि दिनमा ती प्रमाणहरु मैले मिडियामा सार्वजनिक गर्नेछु ।’ उनले यो काण्डसँग सम्बन्धि सबै प्रमाणहरु जुटाईसकेको जिकीर गरेका छन् ।