१ किलो अवैध सुनसहित न्युरोडबाट ३ जना पक्राउ

काठमाण्डौं, पुस ३० ।
प्रहरीले काठमाडौंको न्युरोडबाट अवैध एक किलो सुनका बिस्कुटसहित ३ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले सुनका बिस्कुट बेचिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कालिकोट स्थायी घर भएकी ३५ वर्षीया लौना सिला सञ्जेल र राजकुमारी शाही रहेको प्रहरीले जनाएको छ । अर्का एकजनाको नाम प्रहरीले गोप्य राखेको छ ।

न्युरोडको एक पसलमा अवैध सुनका बिस्कुट बेचिरहेको सुचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) होविन्द्र बोगटीले जानकारी दिए ।