१ अर्बको लगानीमा पोखराको सेदीमा खुल्यो दोर्जे रिर्सोट

पोखरा, असार ४ ।
पोखरा १८ सेदीमा पर्यटनलाई लक्षित गरी ठुलो लगानीमा रिर्सोट सञ्चालनको तयारी गरिएको छ । नेपाली परम्परा र आधुनीक शैली प्रयोग गर्दै करिब १ अर्बको लागनीमा दोर्जे रिर्सोट एण्ड स्पा सञ्चालन गर्न लागिएको हो ।

रिसोर्ट निर्माण लगभग सकिएको छ । उच्च स्तरीय पर्यटकलाई पोखरामा आकर्षित गर्ने गरी बुकिङ खुलेको र बुधबारदेखी सञ्चालनमा ल्याउने तयारी रहेको रिर्सोटका सञ्चालक दोर्जे तामाङले बताए ।

अन्नपुर्ण केबलकारको नजिक ३१ रोपनी क्षेत्रफलमा १३ वटा भिल्लामा रिर्सोट तयार गरिएको छ । पोखरा घुम्न आउने पाहुनालाई रिर्सोटमा नेपालमा नै उत्पादन अधिकांश खानेकुराले स्वागत गर्ने लक्ष्य रहेको तामाङले बताए । रिर्सोटमा अहिले २३ वटा कोठा छन् । जसमा १९ डिलकस र ४ वटा सुइट रुम रहेका छन् । निमार्ण कार्य जारी रहेको भन्दै तामाङले ३१ वटा रुप तयार हुने बताए ।

रिर्सोटमा जिम हल, हल, स्विमि पुल, स्पा, ज्याकुजी, आफ्नै फार्म हाउस लगाएतका सेवाहरु छन् । प्रत्येक कोठाबाट फेवातालको सुन्दर दृश्य देखिने गरी बनाएको छ । फर्म हाउसमा व्यावसायिक कृषि र पर्यटन सम्बन्धी गतिविधि देख्ने र बुझने अवसर पाइन्छ ।