१९ वर्षीया किशोरीको मृत्यु, लोप्चन पक्राउ

काठमाण्डौं, मंसिर १५ ।
काठमाडौं जडिबुटी बस्ने झापाकी १९ वर्षीया भावना गुरूङको शनिबार बिहान बेहोस भएर मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–६ बौद्ध टुसाल डेरा गरी बस्ने सर्लाही जानकी नगरका सञ्जीप लोप्चन (तामाङ) को कोठामा अचानक बेहोस भएकी हुन् ।

उनलाई उपचारको लागि नेपाल मेडिकल कलेज आत्तरखेलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । सञ्जीपलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।