१५ बर्षिया किशोरी बलात्कृत, ३५ बर्षका दास पक्राउ

सप्तरी, कार्तिक ६ ।
सप्तरीमा पुनः एक जना किशोरी बलात्कृत भएकी छन् । खड्ग नगरपालिका –९, लालपट्टी बस्ने किशोरीलाई त्यसै ठाउँका युवकले आफ्नै घरमा लगी बलात्कार गरेका हुन् ।

१५ वर्षकी किशोरीसँग जबर्जस्ती यौन सम्पर्कको आरोपमा अनुसन्धान गर्न ३५ वर्षीय दीलिपकुमार दासलाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार राति किशोरीसँग जबर्जस्ती गरेका दासलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डीएसपी भावेश रिमालले जानकारी दिए। यता पक्राउ परेका दासलार्ई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको डीएसपी रिमाललकोे भनाइ छ ।

यसअघि २६ असोजमा १६ वर्षकी एक किशोरीसँग बलजफ्ती यौनसम्पर्क गर्ने एक युवक पक्राउ परिसकेका छन् । जिल्लाको डाक्नेश्वरी नगरपालिका –२, बस्ने किशोरीलाई मुखमा रुमालले बाँधी बलात्कार गर्ने त्यसै ठाउँका २२ वर्षका ओमप्रकाश साहलाई पक्राउ गरिएको थियो ।

रातिको समयमा पिसाब फेर्न घर नजिकै सडक बाटोमा गइरहेको मौका छोपी साहले किशोरीको मुखमा रुमालले बाँधेर काँधमा बोकी आफू सुत्ने कोठामा लगेर करणी गरेका थिए ।

यसअघि असोजको दोस्रो साता डाक्नेश्वरी नगरपालिकामै बालिकाको र खड्ग नगरपालिकामा ७१ वर्षकी बृद्वासँग बलात्कार भएको थियो ।