१५ करोड लागतमा खुल्यो पोखराको पृथ्वीचोकमा कुन्ती मल

पोखरा, जेठ ६ ।
पोखराको टड्कारो समस्या बनिसकेको छ पार्किङ । बिशेषगरी शहरको मुख्य चोकहरुमा पार्किङ समस्या जटिल बन्दै गैरहेको छ । पार्किङ समस्याले एकातिर ब्यापार खस्किँदो छ भने अर्कोतिर उपभोक्तालाई मर्का परिरहेको छ ।

 

यसैलाई मध्येनजर गर्दै पोखराको ब्यस्त बजार पृथ्वीचोकमा प्रसस्त पार्किङ सहितको ब्यापारिक मल सञ्चालनमा आएको छ । एउटै भवनभित्र उपभोक्तालाई आवश्यक पर्ने सबै सामग्री उपलब्ध हुने गरि मल सञ्चालनमा ल्याईएको हो ।

 

दैनिक उपभोग्य सामग्रीदेखि सौख र श्रृङ्गारका सामग्री समेत मलभित्र उपलब्ध छ । पृथ्वीचोक आडैमा करिब १५ करोड लागतमा कुन्ती मल सञ्चालन गरिएको सञ्चालक विवेक गुरुङले बताए । सटरमा १ सय २३ वटा सटरहरु छन् ।

 

मलका अधिकांश सटरहरु बुकिङ भैसकेका छन् भने धेरै सटरहरुमा ब्यापार समेत सुरु भैसकेको छ । भवनको अण्डर ग्राउन्डमा पार्किङ छ । पहिलो तलामा चंगा डिपाटमेन्ट स्टोर्स, सुनचाँदी पसल, फेन्सी रेडिमेट, ट्राभल्स लगायतका व्यपारीक प्रतिष्ठानहरु छन् भने दोश्रो तलामा ‘६ सय’ पसल, विग बजार, मोवाईल, चस्मा र पार्लर राखिएको छ ।

 

 

तेश्रो तलामा रेष्टुरेण्ट सहितको अन्य व्यवसायीक प्रतिष्ठानहरु रहने गुरुङले बताए । अर्का ब्यवसायी निरञ्जन बजिमयसँगको पार्टनरसीपमा मल सञ्चालन गरिएको हो । मल बनाउन जग्गा बाहेक १५ करोड लगानी लागेको सञ्चालकले जनाएका छन् ।

 

‘अहिले पोखराको मुख्य समस्या भनेकै पार्किङ हो । त्यसपछि गुणस्तरीय सामान, गुरुङ भन्छन्–सस्तोमा गुणस्तरीय सामान एउटै छानामुनी पाएपछि ग्राहक अन्त जानै पर्दैन । प्रसस्त पार्किङ पनि छ ।’

 

उनीहरुले २०४७ सालमै पनि संयुक्त लगानीमा ब्यापारिक मल बनाएको थिए । समय अनुसार परिस्कृत गर्दै नयाँ मोडलमा मल सञ्चालन गरिएको अर्का सञ्चालक निरञ्जन बजिमय बताउँछन् ।

 

करिब ३ रोपनी क्षेत्रफलमा फैलिएको उक्त मलको दुबै तर्फ सटरहरु र बिच भागमा खाली राखिएको छ । वेलायतमा बिजनेस संकायमै मास्टर्स गरेका विवेकले करिब ४ बर्ष जसो उतै जागिर पनि खाए । स्वदेशबाट फर्किएसंगै मल सहित आफ्नो डिपाटमेन्टल स्टोर्स र ट्राभल्स समेत संचालन गरेका छन् ।

 

मलमा अनुभवी व्यपारीकहरु भएकोले मलको प्रवर्द्धन हुने सञ्चालकको विश्वास छ । गुणस्तरिय र ब्राण्डेडका सामानहरु मलमा ल्याउन व्यपारीहरुलाई आग्रह समेत गरेका छन्, उनीहरुले । यसलाई पोखराको ब्यापारिक क्षेत्रमा छुट्टै ब्राण्ड बनाउने उनीहरुको सोंच छ ।