१३ औं साग स् फेन्सिङ्गमा नेपाललाई पाँच पदक

 

काठमाडौं, मंसिर २१ ।

१३ औं सागको फेन्सिङ्गमा नेपालले शनिबारसम्म एक रजत र चार कास्य गरी पाँच पदक जित्न सफल भएको छ ।

शनिबार भएको खेलमा रविना थापाले महिलाको व्यक्तिगत स्पर्धा अन्तर्गत साबरमा रजत पदक जितेकी छिन् ।

फाइनलमा निकै प्रतिस्पर्धा भए पनि रविनाले बंगलादेशकी खेलाडी मुजिब फतिमासँग १५र१० को स्कोरमा हार बेहोर्दा रजतमै सीमित हुन पुगेकी हुन् ।

रविनाले सेमिफाइनलमा नेपालकै अस्मिता बस्नेतलाई पराजित गरेकी थिइन् । अस्मिताले कास्यपदक जितेकी छिन् ।

त्यस्तै महिला इपीमा सेमिफाइनलमा भारतीय खेलाडीहरुसंग पराजित हुँदै जानुका स्याङ्तान र इन्दिरा पौडेलले कास्यपदक जितेका छन् ।

त्यस्तै महिलाको फ्वेलमा रमा सिंहले नेपाललाई कास्यपदक दिलाएकी छिन् । पुरुषतर्फ भने नेपाली खेलाडीहरुले निराशाजनक प्रदर्शन गर्दै आएका छन् ।

फेन्सिङमा अहिलेसम्म भारतले पाँच र बंगलादेशले एक स्वर्णपदक जितेको छ । अझै ६ स्वर्णपदकका लागि खेलहरु हुँदैछन् । फेन्सिङ सोमबार सकिने छ ।
(ईमेजखबरबाट साभार)