१२ वर्षीया बालिकालाई बलात्कार, एकजना पक्राउ

बाजुरा, माघ १ ।
बाजुरामा १२ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुढीगंगा नगरपालिका– ८ नुवाकोट बस्ने ४७ वर्षीय दल बहादुर थापा रहेका छन् ।

थापालाई जिल्ला प्रहरी कार्यालय बाजुराबाट गएको प्रहरी टोलीले मंगलबार पक्राउ गरेको हो । पीडित बालिका र अभियुक्त थापाको स्वास्थ्य परीक्षण कार्य भइसकेको र बाँकी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।