१२ युवतिलाई होटलमा बन्धक बनाएर यौन धन्दा

भद्रपुर, असार २ ।
काठमाडौंको एउटा गलैंचा कारखानामा काम गर्दै गर्दा एकजना सामान्य चिनजानकी दिदीले राम्रो कमाई हुने प्रलोभन देखाएर १२ जना युवतिलाई छापाको विर्तामोड र्पुयाइन् । मासिक ५० हजारसम्म कमाउने युवतीहरु ती महिलाको साथमा धेरै कमाउने महत्वकांक्षाले बिर्तामोड पुगे । तर त्यहाँ पुगेपछि उनीहरुले कमाइको कुरा त परै जाहोस परिवारसँग फोनमा सम्पर्क गर्नसमेत पाएनन् ।
होटलको सरसफाई गरेरै मासिक खानबस्न र १० हजार बढी कमाई हुन्छ भनेर लगिएका उनीहरुले यौन व्यवसायका लागि फसाइएको बिर्तामोड पुगेपछि मात्रै थाहा पाए । होटल मालिकको हातमा परेपछि पैसा पाउनु त परै जाहोस् दुई महिनासम्म दुई छाक खाना पनि नखाएको पीडित युवतीले बताएका छन् । केही दिनअघि प्रहरीले छापा मारेर होटलबाट युवतिलाई उद्धार गरेपछि होटलमा बन्धक बनाएर यौन धन्धा हुने गरेको खुलासा भएको हो ।
देशका दुर्गम क्षेत्रबाट सोझा युवतिलाई राम्रो रकम दिने लोभ देखाएर होटलमा यौन व्यवसायमा लगाउने गरेको छापा प्रहरीले बताएको छ । उद्धारपछि युवतीहरुले फोनको सम्पर्कमासमेत रहन नदिएर निरन्तर यौन धन्दामा लाग्न बाध्य पारिएको बताएका छन् । ‘सरसफाइ गरेरै मासिक १० हजार बढी कमाइ हुन्छ भनेर चिनकी दिदीले हामीलाई यहाँ ल्याइन्’ एक युवतिले भनिन्, ‘तर यहाँ पुगेपछि मात्रै हामीले फसेकेका थाहा पायौं, भाग्न खोजे ज्यान मार्ने कोशिससमेत भयो, ज्यान जोगाउन बाध्यतावस होटलवालाले भनेको मान्नुर्पयो ।’
होटलवालाले कोठामा बन्धक बनाएर दैनिक पाँच÷सात जना बढी मान्छे पठाउँने गरेको बताइन् । ‘प्रतिकार गर्नखोज्दा पिटेर हैरान पार्थे, न फोन न पैसा, केही नहुँदा नयाँ ठाउँबाट भाग्न पनि सकेनौं’ उनले आफ्नो पीडा सुनाइन् । उनीहरुलाई कतिजना ‘ग्राहक’ ले बलात्कार गरे भन्ने यादसमेत छैन। १६ देखि २० वर्षका ती युवतीहरुमध्ये कतिको मानसिक अवस्था नै कमजोर बेनको प्रहरी प्रमुख मदनकुमार थापाले बताए ।
प्रहरीका अनुसार बिर्तामोडका साना–ठूला गरी एकसय बढी होटलमा खुलेयाम यौन धन्दा हुने गरेको पाइएको छ । ‘हामीले पक्राउ गर्छौं, केही रकम तिरेर दुई सातमै उनीहरु छुटिहाल्छन्’ प्रहरी प्रमुख थापाले भने, ‘यस्ता अपराध गर्नेलाई कडा कारबाही नभएसम्म महिलामाथिको यौन शोषण अन्त्य हुँदैन।’ युवतीको जाहेरीअनुसार झापा होटलका मालिक रामकृष्णल कडरियासहित एक अर्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कडरिया दुई दशकदेखि होटल संचालन गरेर यौन धन्दा चलाइरहेको प्रहरीले बताएको छ ।
प्रहरीले उनीहरुलाई मानव बेचबिखन र यौन शोषणमा मुद्दा चलाएको छ । प्रतिभा होटmबाट नियन्त्रणमा लिइएका तीन युवतिले दिएको जाहेरी अनुसार होटल सञ्चालकलाई कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरी प्रमुख थापाले बताए । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा राधा खनालले लेखेकी छिन् ।