हेलिकोप्टरमा तेल भर्न प्रधानमन्त्री पोखरा झरे

पोखरा, बैशाख १ ।
प्रधानमन्त्री केपी शर्मा ओली हेलिकोप्टरमा तेल भर्न पोखरा विमानस्थल झरेका छन् । काठमाडौंबाट पोखरा हुँदै मुगुको रारातालका लागि उडेका प्रधानमन्त्री चढेको हेलिकप्टर पोखरा विमानस्थलमा इन्धन भर्न झरेको हो ।
शुक्रबार विहान ९ बजे दुईवटा हेलिकप्टरमा आएका प्रधानमन्त्रीको टोली इन्धन भर्न नपाए पछि १ घण्टा विमानस्थलमा नै अड्कीयो । नेपाल आयल निगमको पोखरा विमानस्थलको डिपोबाट हवाइ इन्धन नताने पछि टोलि पोखरा विमानस्थलमा १ घण्टा अड्कीएको हो ।
विमानस्थलमा रहेका दुई वटा टयांकर मध्ये एकमा इन्धन सकिएको थियो अर्को टयांकर स्टार्ट नै भएन नेपाल आयल निगम पोखराका प्रमुख नवराज पोख्रेलले बताए ।

उनका अनुसार खाली भएको टयांकरमा इन्धन ट्यांकीबाट इन्धन नै नताने पछि समस्या आएको बताए ।
पछि डाइनामोलाई मर्मत गरेर इन्धन भरेको बताए । प्रधानमन्त्री बागलुङको ढोरपाटन हुँदै मुगुको राराताल पुगेका थिए । प्रधानमन्त्रीसगँ अरु मन्त्री र नेताहरु पनि थिए ।