हेमजा आमा समूहको अध्यक्षमा त्रिपाठी

पोखरा, चैत १२ ।
हेमजा आमा समूहको छैटौ अधिवेशन तथा पन्ध्रौ वार्षिक साधारणसभाले विष्णु त्रिपाठीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।
समितिको उपाध्यक्षमा सरिता त्रिपाठी ,सचिवमा उमा त्रिपाठी, कोषाध्यक्षमा सीता बास्तोला, सह–सचिवमा विमला अधिकारी छन्। सदस्यमा तारा सापकोटा ,लक्ष्मी सापकोटा, गोमा पौडेल, धर्मा त्रिपाठी, मीठु सापकोटा, शोभा दाहाल उजेली त्रिपाठी र लक्ष्मी त्रिपाठी छन्।
कार्यक्रममा रामचन्द्र त्रिपाठी, ऋषिराम पौडेल, दयाराम बास्तोला ,श्रीराम त्रिपाठी, वसन्तराज पौडेल, वसन्तराज त्रिपाठी ,रमा त्रिपाठी ,विष्णुकुमारी श्रेष्ठ, हरिकला त्रिपाठी ,सुरेन्द्र श्रेष्ठ ,चिडानन्द त्रिपाठी ,इन्द्रप्रसाद त्रिपाठी, कमलमणि त्रिपाठी विष्णु बास्तोला ,माधवराज बास्तोला, माधवशरण बास्तोला, मधुसुधन त्रिपाठी, कृष्णकुमारी त्रिपाठी, ओमकुमारी त्रिपाठी ,बोधराज सापकोटा लगायतले शुभकामना मन्तव्य प्रकट गरेका थिए।
साधारणसभाले सचिव उमा त्रिपाठीले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र पार्वती त्रिपाठीले प्रस्तुत गरेको कोषाध्यक्षको आर्थिक प्रतिवेदन पारित गरेको छ।
हेमजा आमा समूहकी अध्यक्ष सरस्वती त्रिपाठीको अध्यक्षताका सम्पन्न कार्यक्रममा उपाध्यक्ष विष्णु त्रिपाठीले स्वागत र सदस्य गंगा त्रिपाठीले सञ्चालन गरेकी थिइन्।