हेमजामा मध्यराती फर्निचर पसलमा आगो लाग्यो, २० लाख भन्दा बढीको क्षति

पोखरा, माघ ५ ।
पोखरा २५ हेमजामा फर्निचर पसल आगलागी भएको छ । राती सवा १२ बजेतिर अचानक आगलागी भएको बताईएको छ । आगलागीको कारण खुलेको छैन ।

कर्णबहादुर बुढाथोकीले सञ्चालन गरेको फर्निचर मिलमा आगलागी भएको प्रहरीले जनाएको छ । आगालागीबाट २० लाख भन्दा बढीको क्षति भएको छ । मानवीय क्षति भने नभएको कास्की प्रहरीले जनाएको छ ।

आगो निभाउन २ वटै दमकल प्रयोग गरिएको थियो । दमकल, स्थानीय र प्रहरी मिलेर राती ३ बजे मात्रै आगो नियन्त्रणमा आएको थियो । घटनाबारे अनुसन्धान चलिरहेको कास्की प्रहरीका प्रबक्ता डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए ।

File Photo