हिमालय मा.वि. मौजाको ४९ औ वार्षिकोत्सव सम्पन्न

पोखरा ११ फागुन । हिमालय मावि मौजाको ४९ औ वार्षिकोत्सव सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नम्बर २० मौजामा रहेको हिमालय माविको ४९ औ वार्षिकोत्सव, पुरस्कार वितरण तथा विविध सांस्कृतिक कार्यक्रम मंगलवार सम्पन्न भएको हो । वार्षिकोत्सवको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्बर २० का अध्यक्ष सिम गुरुङले विद्यालयका शिक्षकलाई नैतिक दवाव दिने खालको भुमिका अभिभावकले निभाउन सकेको खण्डमा विद्यार्थीहरुले नतिजा राम्रो ल्याउने वताए । विद्यालयमा आर्थिक श्रोत नभएको कारण श्रोत जुटाउन सवैले पहल गर्नुपर्नेमा जोड दिदै विद्यालय हामी सवैको भएकाले अभिभावक र गाउँबासीले विद्यालयको स्तरोन्नतीमा सहकार्य गर्नुपर्ने वताए ।

जिल्ला आयोजना कार्यान्वयन ईकाई शिक्षा कास्कीका प्रमुख लाल प्रसाद पोख्रेलले शिक्षक र अभिभावक मिलेर नै विद्यार्थीलाई पढ्ने वातावरण तय गरिने भएकाले यसवारेमा अभिभावकले विशेष ध्यान दिन जरुरी रहेको वताए । विद्यार्थीहरुलाई पढ्ने वातावरण राम्रो बनाउन सके विद्यार्थीको भविष्य राम्रो हुने र यसका लागि पूर्वाधारको समेत आवश्यक्ता हुने भएकाले आफुहरुले विद्यालयको पूर्वाधारहरुमा समेत काम गर्दै आइरहेको वताए । त्यस्तै विद्यालयका जग्गादाता समाजसेवी क्याप्टेन हिक्मत गुरुङले ग्रामीण भेगमा रहेको विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई पठनपाठनमा प्रोत्साहन गर्नुपर्नेमा जोड दिदै शिक्षाबाट बञ्चित भएर पढाइ छोड्न नपरोस भन्ने अभिप्रायले हिमालय माविबाट एसइइ उतीर्ण गर्ने उत्कृष्ट दुइजना छात्रछात्रालाई प्लस टु अध्ययनका लागी दुई वर्षका लागि जनही २० हजार र स्कुलको जेहेन्दार विद्यार्थीलाई १० हजार रुपैया प्रदान गर्ने प्रतिवद्धता ब्यक्त गरे ।


त्यस्तै विद्यालयका अक्षयकोषदाता खेम बहादुर गुरुङले मौजामा रहेको पुरानो विद्यालयको शैक्षिक स्तरउन्नतीका लागी मौजाबासी जहां भएतापनि साथ र सहयोग गर्नुपर्नेमा जोड दिए । त्यस्तै विद्यालय सल्लाहकार संयोजक समाजसेवी तिल ब गुरुङले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमा अनुशासन मुख्य कुरा भएकाले यसको लागी अभिभावकले मुख्य भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा अभिभावकहरु काशिराम गुरुङ , विजयलक्ष्मी गुरुङ , दुर्गा वहादुर गुरुङ , पुर्व शिक्षिका लक्ष्मी गुरुङ र शिक्षकहरु प्रेम व हमाल र ओम कुमारी गुरुङलाई सम्मान गरिएको थियो ।


त्यसैगरी विद्यालयमा विभिन्न ब्याक्तिहरुद्धारा स्थापित अक्षयकोषहरु श्रवण स्मृति अक्षयकोष, अमर स्मृति अक्षयकोष, हस्तकुमारी स्मृति अक्षयकोष, चन्द्रमाया स्मृति अक्षयकोष, गणेश कमला स्मृति अक्षयकोष, सु. चनविर गुरुङ स्मृति अक्षयकोष, महेश्वर शर्मा पोख्रेल स्मृति अक्षयकोष, विरधन रुद्र स्मृति अक्षयकोष, टौसिरी गुरुङ स्मृति अक्षयकोष, मौजा विजयपुर समाज युकेबाट स्थापित हिमालय मावि इन्टरनेट अक्षयकोष, ले. नैनसिङ स्मृति अक्षयकोष र नन्दुराम सहयोग अक्षयकोषबाट ४० जना विद्यार्थीहरु पुरस्कृत तथा सम्मानित भएका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवेदार हुम बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महेन्द्र मावि भलाम रयालेचौरका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुशील बस्नेत, सीता आधारभुत विद्यालयका प्रध्यानाध्यापक इन्द्र प्रसाद बास्तोला, विद्यालयका पूर्व अध्यक्ष हरि प्रसाद गुरुङ लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिएभने विद्यालयका प्रध्यानाध्यापक मणिराज परियारले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । विद्यालयकी शिक्षक देवी कुमारी थापाले सञ्चालन गरेको कार्यक्रममा शिक्षक डोलराज रेग्मी र विद्यार्थीहरु आशिका परियार र लिल माया सुनारले शुभकामना मन्तब्य राखेका थिए ।