हिमालको पानी विदेशमा बेच्छु–खानेपानीमन्त्री विना मगर

पोखरा, साउन २६ ।
खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले नेपालका हिमतालको पानी विदेशमा बेच्ने योजना सुनाएकी छिन् । केही साता अघि प्रधानमन्त्री केपी शर्मा ओलिले रेलमा पानी भरेर विदेश पठाउने उद्घोष गरेका थिए ।

पोखराबाटै खानेपानी मन्त्री मगरले पनि ग्ल्यासियरको पानी बेच्ने बताएकी हुन् । ‘हाम्रो हिमालबाट बगेको ग्लेसियर वाटर महत्वपूर्ण र सबैभन्दा महंगो छ’, पोखराको खानेपानीको मुहान मर्दी क्षेत्रमा शनिबार आयोजना गरिएको एक कार्यक्रममा उनले भनिन्, ‘हामीले ग्लेसियर वाटरको अन्तराष्ट्रिय व्यापार गर्ने संभावना खोजेका छौँ ।’

नेपाल खानेपानी संस्थानले खानेपानीको अन्तराष्ट्रिय व्यापारको संभावनाबारे अध्ययन गरिरहेको बताउँदै उनले ‘एभरेष्ट वाटर’को नामबाट त्यो पानीलाई अन्तर्रा्ष्ट्रिय व्यापार गरिने बताइन् । ठूला सुपर मार्केटह?मा समुन्द्रको पानी किन्न पाइने चर्चा गर्दै उनले हिमतालबाट निस्कने पानी महंगोमा बिक्री हुने दावी पनि गरिन् ।

पोखरा उद्योग वाणिज्य संघको अगुवाईमा नेपाल खानेपानी संस्थान तथा पोखरा महानगरपालिकाको सहयोगमा पोखराको खानेपानीको मुहान मर्दी क्षेत्रमा निर्मित शवदहन गृह तथा शौचालय समुदायलाई हन्तान्तरण गर्दै उनले सबै नागरिकलाई शुद्ध र स्वच्छ खानेपानी खुवाउन प्रयत्नशील सरकार प्रत्यत्नशील रहेको बताइन् ।