हिन्दु धर्म र संस्कृतिको संरक्षणका लागि प्रचारात्मक मोटरसाइकल ¥याली

पोखरा, जेठ ४ ।

धर्म र संस्कृतिको क्षेत्रमा हिन्दु धर्म र संस्कृतिको संरक्षणका लागि विश्व हिन्दु महासंघले शुक्रबार पोखरामा प्रचारात्मक मोटरसाइकल ¥याली निकालेको छ । महासंघले शनिबार (आज) पोखरामा आयोजना गर्न लागेको वृहत् प्रशिक्षणको पूर्वसन्ध्यामा शुक्रबार बिहान चिप्लेढुङ्गास्थित मानवअधिकारचोकबाट प्रचारात्मक मोटरसाइकल ¥याली निकालेको हो ।

मोटरसाइकल ¥यालीले महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक, एअरपोर्ट, बिरौटा, राष्ट्रबैंकचोक, रत्नचोक, सिर्जनाचोक हुँदै सभागृहचोकसम्म नगर परिक्रमा गरेको थियो। शनिबार पोखराको ह्वाइट हाउसमा योगी चिन्तामणि चैतन्यकृष्ण र डा. लेखनाथ आचार्यले हिन्दु धर्म र संस्कृतिबारे प्रशिक्षण दिदैछन्।

विश्व हिन्दु महासंघका कास्कीका अध्यक्ष शंकर खरालले पोखरा आफैमा आध्यात्मिक, सांस्कृतिक शहर भएकोले यहाँ हिन्दु धर्मको संरक्षण हुनुपर्नेमा जोड दिए। यस क्षेत्रमा आदि अनादि कालदेखि चल्दै आएको सनातनी हिन्दु धर्मलाई जोगाउने जिम्मा आफूहरुको रहेको दावी गर्दै खरालले यसलाई जीवन्त बनाउन चाहेको उनले बताए। धर्मको नाममा राजनीति गर्नेहरुलाई निरुत्साहित गर्ने उद्देश्यले हिन्दु धर्मसम्वन्धी बृहत् प्रशिक्षण कार्यक्रम राखिएको अध्यक्ष खरालको भनाई छ। धर्म र संस्कृति तथा राष्ट्र र राष्ट्रियतामाथि आस्था राख्नेहरुलाई प्रशिक्षणमा सहभागिता जनाउन खरालले आग्रह गरेका छन्।