हिन्दु धर्ममाथि प्रहार–श्रीस्वस्थानीको किताबमा क्रिश्चियन धर्म प्रचार (भिडियाे हेर्नुस)

काठमाण्डौं, माघ ७ ।
श्रीस्वस्थानी ब्रतकथाको किताबमा क्रिश्चियन धर्मका प्रवर्तक जिसस क्राइस्टको महिनागान उल्लेख गरिएको पाइएको छ । यस्तो पनि हुन सक्छ र ? तपाईँलाई विश्वास नलाग्ला तर तपाईँले वर्षौँ अघिदेखि पढ्दै आएको हिन्दु धर्मावलीको एक ग्रन्थ श्रीस्वस्थानी ब्रतकथाको पुस्तकमा खुलेआम जिजस क्राइष्टको महिनागान प्रकाशित गरिएको तथ्य फेला परेको हो ।

यस्तो पाइएपछि काठमाडौंका पुस्तक विक्रेता र हिन्दूधर्मप्रति आस्था राख्नेहरु अचम्मित बनेका छन् । माघ ७ गते सोमबारदेखि १ महिनासम्म घर–घरमा हिन्दु धर्मग्रन्थ श्रीस्वस्थानी ब्रत कथा वाचन हुँदैछ । तर अहिले एउटा प्रकाशन गृहले निकालेको किताबमा खुलेआम क्रिश्चियन धर्म प्रचार गरेको छ ।

बाबु माधवप्रसाद शर्मा दूधविनायक वराणसीबाट प्रकाशित स्वास्थानी ब्रतकथाको अन्त्यमा जिसस क्राइस्ट सम्बन्धी सामग्री प्रकाशन भएको छ । अरु जे भएपनि जिसस क्राइस्ट नै महान हुन भन्ने सन्देश राखिएको छ । विगतदेखि नै सर्वा्धिक बिक्री हुने गरेको सो प्रकाशनको स्वस्थानी ब्रतकथाको किताबमा यस वर्षदेखि क्रिश्चियन धर्म सम्बन्धी सामग्री राखिएको हो । मूल्य सस्तो राखिएका कारण उक्त प्रकाशनले बजारमा ल्याएको पुस्तक अत्याधिक खपत हुने गरेको थियो ।

पुस्तकको अन्तिम पृष्ठमा विशेष टिप्पणी अन्तर्गत शुरुमै भनिएको छ– ‘कर्मफल, वाञ्छा अथवा इच्छाप्राप्ति र प्रभुको लीला एवं करुवा बुझाउन र संशयनाशको निम्ति हाम्रा धर्म ग्रन्थादीमा अनेकौं कथानक पाइन्छन् तर धर्मको सार्वभौमिकता दर्शाउने विविधता पनि रहोस् भनि अहिलेको युगमा प्रधानता पाएको इसाई मतको एउटा मर्मभेदी कथाको उद्धरण यहाँ दिइन्छ ।’

इसाईसम्बन्धी कथामा जिसस क्राइस्टलाई सुलीमा चढाएको र उनले सबैलाई प्रेम र कल्याण गरेको भनिएको छ । पुस्तकमा भनिएको छ–‘केही पर लगि त्यहाँ रहेका तीन पहाडमध्ये उच्चतम पहाडमा त्यो सुली गाडियो र त्यस बन्दीको शरीरमा ठूलाठूला काँटी ठोकी त्यसैद्वारा त्यस सूलीमा टाँगियो । यस भयानक र हृदयविदारक घटनामा पनि त्यस अलौकिक युवाद्धारा आफ्ना प्रताडकहरुमाथि दर्शाइएको प्रेम र उनीहरुको कल्याणको लागि गरिएको प्रार्थना सुनी त्यो वृक्षको आत्म कृत्य–कृत्य भयो र प्रभुको लिलालाई नमस्कार ग¥यो । आज त्यही सुली वा सलिबको प्रतिरुप विश्वको ठूलो समुदायद्धारा उच्चस्थानमा राखी पूजित गरिन्छ ।’

पुस्तकको अन्तिम पेज २ सय ६७ र २ सय ६८ मा एउटा कथानक शीर्षक दिएर विशेष टिप्पणीमा भनिएको छ, ‘अल्पमति र अल्पदृष्टिवान मनुष्यहरुले भनेजस्तो गरी इच्छपूर्ति नगराएर प्रेयभन्दा श्रेयलाई प्रधानता दिई सर्वा्धिक कल्याण गर्ने क्रमबाट नै सर्वसामथ्र्यवान परमपिता परमेश्वरले कार्य गर्नु हुन्छ ।’