हर्न निषेधित पोखरामा चालकलाई सास्ती (फोटो फिचर)

पोखरा, चैत २ ।
पोखरा १ बर्षअघि हर्न निषेधित क्षेत्र घोषणा भएको छ । कारबाही नभएपनि सामान्यतया अचेल गाडीका चालकहरुले हर्न कम बजाउँछन् । तर घटेको भने छैन । महानगरले हर्न निषेध गरेपछि आवश्यक तयारी नगरेपछि अहिले यो कार्यान्वयन कम हुँदै गएको छ । पोखरामा बिशेषगरी छाडा चौपाया बढी चुनौतिको रुपमा देखिएको छ । एकातिर सडक यात्रामा समस्या थपेको छ भने अर्कातिर शहरको सौन्दर्यमा कमजोर ।
पोखराले बेलैमा छाडा चौपाया नियन्त्रण गर्न नसक्दा कहिलेकाहीँ यात्रुलाई समेत घाईते बनाउँछ । सडकभरी बरालिएर हिडेका चौपायालाई नियन्त्रणका लागि भलाम लैजाने भनिएपनि प्रभावकारी काम हुन सकेको छैन । हामीले आज छाडा चौपायाका कारण देखिएको समस्या यहाँ देखाउन खोजेका छौं ।
तस्विर-गीता रानामगर/पत्रकार