हदबन्दीले नेविसंघमा खैलाबैला, अध्यक्षका दावेदारजति रिङ आउट

पोखरा, असोज २२ ।
३२ बर्षको उमेर हदबन्दी तोकिएपछि नेपाली काँग्रेको भ्रातृ संगठन नेविसंघभित्र खैलाबैला मच्चिएको छ । उमेर हदबन्दी लागेपछि अध्यक्षमा दावेदारी प्रश्तुत गरेका विद्यार्थी नेताहरु नै प्रतिस्पर्धाबाट बाहिरिने भएका छन् ।

काँग्रेस केन्द्रीय बैठकले ३२ वर्षे उमेर हदबन्दीको ब्यवस्था कायम गरेपछि सम्भावित धेरै नेताहरु बाहिरिने भएका हुन् । हालका उपाध्यक्ष पुष्पकुमार शाही, नवीन राई, महामन्त्री कुन्दनराज काफ्ले, महामन्त्री सरोज थापा, पूर्वउपाध्यक्ष ऋषिकेशजंग शाह, मनोजमणि आचार्य, हिमालदत्त श्रेष्ठ, दीपक भट्टराई, उर्मिला थपलिया, निलकण्ठ रिजाल छन् ।

उमेर हदबन्दीले विद्यार्थी नेता हालका सहमहामन्त्री प्रेमराज जोशीलाई फाईदा भएको छ । उनको विकल्प खोजिए अम्बिका चालउने अघि सार्ने तयारी छ । हालका कोषाध्यक्ष शिव रिमाल वा सागर परियार पनि चर्चित अनुहार हुन् ।

गत भदौ २ गते नैनसिंह महर नेतृत्वको कार्यसमितिको म्याद सकिएपछि कातिक १६ बाट काठमाडौंमा महाधिवेशन गर्ने गरी मिति तोकिएको थियो । नेविसंघमा उमेरहदको प्रसंग विगतदेखिनै उठँदै आएको हो ।