हँसिया हथौडामा तीन पार्टी चुनाव लड्दै

काठमाडौं, असोज १८ ।
नेकपा माओबादी केन्द्रको चुनावी चिह्न हँसिया हथौडामा माओबादी बाहेक थप दुई पार्टीले पनि चुनाव लड्ने भएका छन् । केन्द्रको गोलाकारभित्र हँसिया हथौडा चिह्नमा समाजवादी जनता पार्टी र जनजागरण पार्टी नेपालले चुनाव लड्ने भएका हुन् ।
प्रेमबहादुर सिंहले नेतृत्व गरेको समाजवादी र लोकमणी ढकालको जनजागरण माओवादी केन्द्रको चुनाव चिह्नमा चुनाव लड्ने गरि निर्वाचन आयोगमा दर्ता भएका हुन् । पार्टीको आधिकारीक चिह्न नभएपछि दुवै पार्टीले माओबादीको चिह्नमा चुनाव लड्न सहमत भएका हुन् । माओबादीले पनि आँफ्नो चुनावी चिह्नमा चुनाव लड्न दुवै पार्टीलाई स्विकृति दिएको छ ।