स्वास्थ्यमा समस्या देखिए पछि परीक्षणका लागि प्रधानमन्त्री ओली अस्पतालमा

 

काठमाडौं, मंसिर ८ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिए पछि परीक्षणका लागि अस्पताल गएका छन् ।

आइबार दिउँसो प्रधानमन्त्री ओली ग्राण्डी अस्पताल गएका हुन् ।

प्रधानमन्त्री ओली डायलासिसको लागि अस्पताल नगएको अस्पताल स्रोतले जनाएको छ । तर उनको स्वास्थ्य समस्याको विषयमा अस्पतालले स्पष्ट पारेको छैन ।

प्रधानमन्त्री ओलीको गत कात्तिक १३ र १४ गते ग्राण्डी अस्पतालमा डायलासिस गरिएको थियो भने गत कात्तिक ३० गते तेस्रो पटक डायलासिस गरिएको थियो ।

१२ बर्ष अघि मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीको मिर्गौलामा समस्या आएपछि उनी गत भदौमा सिंगापुर गएका थिए । (ईमेजखबरबाट साभार)