स्याङजामा जीप पल्टिँदा १ जनाको मृत्यु

पोखरा, फागुन ७ ।
स्याङजाको वालिङमा जीप पल्टिँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा २२ बर्षिय मदन विकको मृत्यु भएको हो ।
ग् १ ज ६७७३ नम्बरको जीप पल्टिएर गम्भिर घाईते भएका उनको उपचारका लागि पोखरा ल्याउने क्रममा बाटोमा ज्यान गएको कास्की प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान चलिरहेको छ ।

थप विवरण आउन बाँकी ।