स्याङजामा गुडिरहेको ट्रकलाई ढुंगाले थिच्दा ट्रक चालकको मृत्यु

पोखरा, माघ ८ ।
गुडिरहेको ट्रकमा माथीबाट झरेको ढुंगाले थिच्दा एकजनाको मृत्यु भएको छ । वालिङ नगरपालिका १३ गाहाखोलामा ग १ क ३७७२ नम्बरको मिनि ट्रकमा बाटो माथिबाट अचानक ढुंगा खसेर ललाग्दा ट्रक चालकको मृत्यु भएको हो ।

स्याङजा पुतलिबजार ३ का २८ बर्षिय प्रेम शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो । ट्रकमा सवार अरु ३ जना चाहीँ सकुसल छन् ।