स्याङजामा किशोरीमाथी सामूहिक बलात्कार, तनहूँका ४ जना पक्राउ

स्याङजा, माघ ३ ।
स्याङ्जामा १६ वर्षीया किशोरी बलात्कार गर्ने ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुं शुक्लागण्डकी नगरपालिका–४ बस्ने प्रशान्त थापा, विजय श्रेष्ठ, अन्जन श्रेष्ठ र बिक्रम राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट गएको प्रहरी टोलीले पीडित किशोरीको उद्दार गरी उनीहरूलाई पक्राउ गरेको हो ।

थापाले किशोरीलाई फोन सम्पर्कमार्फत प्रलोभनमा पारि स्याङ्जाको बिरुवा गाउँपालिका–५ स्थित छेउडाँडा भन्ने स्थानमा बोलाएर ३ जना साथी बोलाइ मंगलबार राति सामूहिक बलात्कार गरेका थिए । घटनामा संलग्न चारै जनालाई कारबाही प्रकिया सुरु गरिएको प्रहरीले जनाएको छ ।