स्याङजाको विरुवा गाउपालिका मनकामनामा सुन्तला ब्लक स्थापना

पोखरा २१ असार ।
स्याङजाकोे विरुवा गाउपालिकामा सुन्तला ब्लक स्थापना गरिएको छ । गण्डकी प्रदेश सरकारको गौरवको योजना अन्तर्गत स्याङजाको विरुवा गाउपालिकाको वडा नम्बर ७, ८ र १ लाई समेटेर सुन्तला ब्लक स्थापना गरिएको हो । सुन्तला ब्लक कार्यक्रमको गण्डकी प्रदेश सभा सदस्य दीपक चर्ती मगरले एक कार्यक्रमका बीच उद्घाटन गरे । कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य दीपक चर्ती मगरले विरुवा गाउपालिकामा गण्डकी प्रदेश सरकारको गौरवको योजना अनुसार सुन्तला जोन स्थापना गरिएको वताए ।

सुन्तला जोन कार्यक्रमले गाउमा स्वरोजगार संगै आधुनिक कृषी तर्फ जनतालाई अगाडी वढ्ने सन्देश प्रदान गरेको वताए । अझैपनि कृषीमा आधुनिकीकरण आउन नसक्नु र परम्परागत खेतीमै स्थानियहरु अल्मलिरहदा कृषीमा भनेजस्तो फड्को मार्न नसकेकाले सरकारले अव आधुनिक कृषी प्रणाली अन्तर्गत जनतालाई सहयोग गर्ने भएकाले त्यसतर्फ किसानहरु अग्रसर हुनुपर्नेमा उनको भनाइ रहेको थियो ।

सो अवसरमा वोल्दै कृषी ज्ञान केन्द्र स्याङजाका प्रमुख शालिकराम अधिकारीले परम्परागत कृषी प्रणालीका कारण युवाहरु कृषीमा आकर्षित हुन नसकेको वताउदै गण्डकी प्रदेश गौरवको योजना मार्फत सुपरजोनको अवधारणामा मनकामनामा स्थापना गरिएको कृषी जोनमा उत्पादित सुन्तला निर्यात र प्रशोधनका लागी पनी आफ्नो संस्थाबाट पहलकदमी गर्ने प्रतिवद्धता जनाए । त्यस्तै विरुवा गाउपालिकाका अध्यक्ष चुन प्रसाद शर्माले परम्परागत कृषी प्रणालीबाट मुलुकमा समृद्धी सम्भव नभएकाले आधुनिकीकरणनै अहिलेको आवश्यक्ता रहेको वताउदै कृषी संगै पर्यटनलाई समेत समेटेर लैजान सके विरुवा गाउपालिको मुहार फेरिन सक्ने वताए ।

त्यस्तै वडा नम्बर ७ का अध्यक्ष खडक बहादुर गुरुङले कृषि प्रणालि आधुनिकीकरण हुन आवश्यक रहेको वताए । भने सागर थापाले स्थानिय जनता र गण्डकी प्रदेश सरकारले देखेको सपना जो प्रत्यक्ष जनताको जीवीकालाई प्रभाव पार्न सक्छ त्यो सपना साकार पार्नका लागी स्थानियनै नै अग्रसर हुनुपर्नेमा जोड दिदै अन्यथा यस्ता योजनाको प्रभावकारी परिणाम आउन नसक्ने वताए । समाजसेवी सूर्य कुंवरले ज्ञान, सिप र प्रविधीको उच्चतम प्रयोग गरी किसानहरुमा उत्प्रेरणा जगाउदै ब्यवशायिक कृषीगर्न सके परनिर्भरता हुन नपर्ने वताए । मन्तब्य विरुवा गाउपालिका वडा नम्बर ८ का अध्यक्ष प्रकाश थापा मगरले किसान र सरकार विच समन्वय गरेर किसानलाई माथी उठाउनु अहिलेको आवश्यक्ता रहेको वताए ।

मनकामना सुन्तला ब्लक कार्यक्रम समितिको अध्यक्ष नमानसिंह गुरुङले गण्डकी प्रदेश सरकारको गौरवको योजना अन्तर्गत ७० लाखको लागतमा सञ्चालन हुने सुन्तला ब्लक कार्यक्रममा विरुवा गाउपालिकाको ७, ८ र १ नम्बर वडाको २ हजार रोपनी क्षेत्रमा ३० हजार सुन्तला विरुवा रोप्ने, कृषी औजार तथा उपकरण वितरण गर्ने, ६० हजार केजी मल खरिद गर्ने, सिचाइका लागी पोखरी निर्माण गर्ने, बगानमा रहेका जंगल सफाइ गर्ने र विभिन्न तालिम तथा गोष्ठी सञ्चालन गरिने वताए । कार्यक्रम सञ्चालन केश बहादुर गुरुङ, स्वागत मन्तब्य उपाध्यक्ष रिम बहादुर गुरुङले गरेका थिए ।