स्मार्ट सिटीको ब्यंग्य, पोखराको सडकमै फूल रोपियो

पोखरा, फागुन १० ।
चुनावताका पोखरामा निकै चलेको शब्द थियो, स्मार्ट सिटी । मेयरदेखि वडा सदस्यसम्मका उम्मेदवारले स्मार्ट शब्द खुब चलाए । चुनावको बर्षदिन पुग्न लाग्यो । हालसम्म जनताले महशुस गर्ने खालको कुनैपनि त्यस्तो काम भएको छैन । अहिले महानगरप्रति स्मार्ट सिटीको नाममा ब्यंग्य सुरु भएको छ । जीरो किलोमिटरमा स्थानीले सडकमै फूल रोपिदिएका छन् ।
पोखरा ५ जिरोकिलोमिटरस्थित सडकमा खाल्डाखुल्डी पर्दा समेत वेवास्ता गरेको भन्दै स्थानीयले महानगरपालिकाको रचनात्क विरोध गरेका हुन् । स्थानीय निर्वाचन अगाडी पोखरा लेखनाथ महानगर पािलकाका मेयर मानबहादुर जिसीले २४ घण्टा भित्र सडकका खाल्टाखुल्टी पुर्ने प्रतिबद्धता जनाएका थिए ।
तस्विरः मनोज बरालको फेसबुकबाट