स्कुलभित्रै जुवाखाल, पोखराको मार्गदर्शन एकेडेमीबाट साढे २ लाख सहित ८ जुवाडे पक्राउ

पोखरा, मंसिर ८ ।
पोखराको नयाँबजार स्थित मार्गदर्शन एकेडेमीमा तास खेलिरहेका ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा एकेडेमीका सञ्चालक समेत रहेको श्रोतले बताएको छ ।

कक्षाभित्र ताल खेलिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट २ लाख २७ हजार रुपैयाँ नगद बरामद गरिएको छ । प्रहरीले मुचुल्का उठाएर जिल्ला प्रहरी कार्यालय लैजादै गरेको कास्की प्रहरी प्रमुख एसपी ओम रानाले जानकारी दिए ।