सोलुखुम्बुमा मनाङ एयरको हेलिकोप्टर दुर्घटना, छानविन गर्न समिति गठन

पोखरा, असोज २७ ।
सोलुखुम्बुमा मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परेको छ । सोलुखुम्बुको लुक्लाबाट लोबुचेका लागि उडेको मनाङ एअरको ‘९एन९एएनजे’ हेलिकोप्टर खुम्बुपासाङ ल्हामु गाउँपालिकाको लोबुचेमा अवतरणको क्रममा शनिबार बिहान दुर्घटना भएको हो ।

हेलिकोप्टर चालक प्रकाशकुमार सेडाई घाइते भएका थिए । दुर्घटना लगत्तै हेलिकोप्टरमा आगलागी भएको थियो । नेपाल नागरिक उड्ययन प्राधिकरणले मनाङ एअरको उडानमा रोक लगाएको छ । यस्तै दुर्घटना छानबिन गर्न समिति गठन गरेको छ ।

छानविनका लागि चार सदस्यीय छानबिन समिति गठन गरिएको प्राधिकरणले जनाएको छ । अहिलेसम्म दुर्घटनाको कारण खुलेको छैन । त्यस्तै, तत्कालका लागि मनाङ एअरको ‘एअर अपरेटिङ सर्टिफिकेट (एओसी)’ निलम्बन गरेको छ । अर्को निर्णय नभएसम्मका लागि एओसी निलम्बन गरिएको प्राधिकरणले जनाएको छ ।