सोमबार गण्डकी प्रदेश बन्द गर्ने तमुवान–मगरातको घोषणा

पोखरा, असार २४ ।
प्रदेश नामाकरणमा असन्तुष्टी जनाउँदै आएको तमुवान–मगरात संघर्ष समितिले सोमबार गण्डकी प्रदेश बन्द गर्ने घोषणा गरेको छ । जातिय पहिचानमा नाम नराखिएको भन्दै समितिले दवाव स्वरुप बन्द आह्वान गरेको हो ।

समितिकी संयोजक कर्म तमुले माग सुनुवाई नभए निरन्तर थप संघर्षका कार्यक्रम घोषणा गर्ने बताएकी छिन् । आइतबार प्रदेशको नाम गण्डकी र यहाँका समानुपातिक सांसदहरुको पुत्ला जलाईएको छ ।

शैक्षिक संस्था, यातायात सहित बजारहरु समेत बन्द हुने समितिका प्रवक्ता हुम गुरुङले जानकारी दिए । अत्यावश्यक बाहेक सबै सेवाहरु बन्द रहने र बन्दको कार्यक्रमलाई सहयोग गरिदिन उनले सबैसँग आग्रह गरेका छन् ।