सोनाम ल्होसार कप पोखरा भेट्रान्स टेनिस सुरु

पोखरा, माघ ५  । लामा ब्रदर्श लेकसाइडको आयोजनामा आइतबारदेखि तेश्रो सोनाम ल्होसार पोखरा ओपन भेट्रान्स टेनिस शुरु भएको छ । कास्की जिल्ला टेनिस संघका अध्यक्ष दोर्जे लामाले एक समारोहका विच टुर्नामेण्ट डाइरेक्टर प्रदिप खड्कालाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको उदघाटन गरेका हुन् ।

उद्घाटन समारोहमा आयोजक समितिका सचिव केबि लामा, कोषाध्यक्ष लक्ष्मण लामा लगायतले बोलेका थिए । गुरुङ्ग भिलेज टेनिस कोर्टमा भएको प्रतियोगिताको उद्घाटन खेलमा हुम आलेले माधब भण्डारीले पराजित गरे ।

प्रतियोगितामा प्रथम हुने खेलाडीले नगद १० हजार सहित ट्रफि तथा द्वितिय हुने खेलाडीले नगद ५ हजार सहित ट्रफि पुरस्कार प्राप्त गर्ने प्रतियोगिता संयोजक तथा आयोजक समितिका अध्यक्ष बिरेन्द्र लामाले जानकारी दिए । प्रतियोगितामा पोखराका २६ खेलाडीहरुले सहभागिता जनाएका छन् ।