सुस्तामा फेरि तनाव, नेपाली भूमिमा भारतले बाटो बनाउन खाेजेपछि नेपालीले रोके

नवलपुर, भदौ १० ।
सुस्तामा भारतीय पक्षले सडक विस्तार गर्न खोजेपछि पुनः विवाद सिर्जना भएको छ । विवादित भूमि मानिएको क्षेत्रमा भारतीय पक्षले गरेको सडक विस्तारको प्रयासलाई नेपाली पक्षले रोक लगाउन खोजेपछि विवाद सिर्जना भएको हो ।

२०६४ मा नेपाल र भारतका उच्च अधिकारीबीच सुस्ताको विवादित भूमिमा दुवै पक्षबाट कुनै पनि सडक बिस्तार, खेती गर्नेलगायतका काम नगर्ने सहमति भएको थियो । यद्यपि, पछिल्लो पटक सुस्ताको विवादित भूमिमा भारतीय पक्षबाट सडक बिस्तार गर्न खोजिएको सुस्ता बचाउ अभियानका उपाध्यक्ष आदम खाँले जानकारी दिए ।

खाँका अनुसार भारतीय पक्षले विवादित भूमिमा सडक बिस्तार गर्न खोज्दा नेपाली पक्षले उक्त कार्य रोक्न खोजेपछि सुस्ता आउने सडक सञ्जालमा खाल्टो खनेर भारतीय पक्षले दुःख दिन थालेका छन् । सुस्ता पुग्नका लागि सहज रुपमा भारतीय भूमि हुँदै सुस्ता पुग्नुपर्ने बाध्यता छ । नेपाली भूमि हुँदै सुस्ता जान नारायणी नदीमा डुङ्गाको प्रयोग गर्नुपर्ने हुँदा वर्षाभर जोखिमपूर्ण यात्रा गर्नुपर्ने हुन्छ ।

File Photo