सुन नपुगेकाे भन्दै पाेखराका सुनपसल बन्द

पोखरा, भदौ ११ ।
चाडबाड नजिकिदै छ । चाडबाडमा नयाँ गहनाको माग बढि हुन्छ । व्यवसायीले माग अनुसारको सुन नपाए पछि पसल नै बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । उनीहरुले देखि पसल बन्द गराएका हुन् ।

माग अनुसार सुनको आपूर्ति नभए पछि पसल नै बन्द गरेर आन्दोलनमा उत्रिनु परेको कास्की जिल्ला सुनचाँदी व्यवसायी संघका अध्यक्ष भविन्द्र विश्वकर्माले बताए । ‘दैनिक २० किलो सुन आउँछ । जसमध्ये पोखरामा भने हप्तामा एक पटक मात्रै ३ किलो आउँछ, उनले भने–आएको तीन किलो सुन झण्डै साढे तीन सय व्यवसायीलाई बाँड्नुपर्छ । यसले गर्दा ब्यवसाय चलाउनै मुश्किल भयो ।’

पोखराबाट विभिन्न जिल्लामा समेत सुन पठाउने गरेका छन् । नेपाल राष्ट्रबैंक मार्फत सुन खरीद गर्नुपर्ने प्रावधान छ । सिजनको समयमा पोखरामा दैनिक ५ किलो सुन आवश्यक पर्ने व्यवसायी बताउँछन् । २० किलोमध्ये ६० प्रतिशत काठमाडौं, भक्तपुर र ललितपुरको लागि कोटा हुने विश्वकर्माले बताए ।

वैदेशिक रोजगारमा गएकाले थोरै मात्रामा सुन ल्याउँथे । त्यसले पनि बजारको मागलाई केही हलुका बनाउथ्यो । तर अहिले भन्सार लिने र झन्झटिलो प्रक्रियाले सुन ल्याउन छाडेका छन् । विदेशबाट आउनेले ५० देखि १०० ग्रामसम्म ल्याउँथे । अहिले भन्सार ७ हजार २ सय रुपैयाँ लिन्छन् । भन्सार मात्रै लिने भन्दा पनि प्रक्रियागत झन्झटिलो भएका कारण ल्याउन छाडेका छन् ।