सुनको मुल्य घट्यो

पोखरा, साउन २६ ।
पछिल्लो दिनहरुमा लगातार आकाशिएको सुनको भाउ हिजो केही घटेको छ । सोमबार तोलामा ९ सय रुपैयाँ घटेको हो ।

सुनको भाउ सोमबार तोलाको एक लाख दुई हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्तर्राष्टिय बजारमा १८ डलर सस्तिएपछि नेपालमा पनि केही सस्तो भएको महासंघ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिए । शुक्रबार सुनको भाउ अहिलेसम्मकै महँगो तोलाको १ लाख ३ हजार ५ रुपैयाँ पुगेको थियो ।

सुनको भाउ घटे पनि चाँदीको भाउ भने बढेको छ । चाँदी तोलामा ५ रुपैयाँ बढेर तोलाको १४ सय १० रुपैयाँ पुगेको छ ।