सुकुम्बासी व्यवस्थापन पहिलो एजेण्डा–थापा

पोखरा, मंसिर ३ ।
घरदैलो गरेको तीन दिनपछि कास्की क्षेत्र नं २ प्रदेश खका उम्मेदवार विन्दुकुमार थापा शनिबार पोखरा ९ बसपार्क भित्र छिरे । तर उनले घरदैलो नभई स्थानीयबासिन्दालाई चुनावी सभा मार्फत सम्बोधन गरे । सम्बोधनमा उनले घरदैलो बेला स्थानीयसँग गरेको प्रतिबद्धता दोहो¥याए । थापाले भने–“ तपाईहरुको मागलाई सम्बोधन गर्छु, सुकुम्बासीलाई व्यवस्थापन गर्न अग्रसर रहने छु ।”
पानी विजुली र सडक सुकुम्बासीका माग हुन् । ती मागलाई वडाध्यक्ष रामराज लामिछानेले पहल कदमी गरिरहेका छन् । सडक निर्माणको लागि आवश्यक बजेट समेत छुट्टिसकेको छ । उम्मेदवार थापाले चुनावी सभालाई सम्बोधन गर्दै थपे–“तपाईहरुको पानी बत्ती र सडकको काम वडाध्यक्षले गरिरहनु भएको छ । अब सुकुम्बासी व्यवसथापनको लागि नीति नियमको खाँचो छ । नीति निमय बनाउने सवालमा तपाईहरुकै हकहितलाई ध्यानमा राखी निर्माण गर्ने छौै ।”
बस्ती बसेको लामो समय भईसक्यो । तर लालपूर्जा छैन् । तिरो तिर्न व्यवस्था छैन् । आवश्यक नीति नियम नहुदाँ सुकुम्बासीलाई अप्ठ्यारो भएको महशुस गर्दै थापाले सुकुम्बासीको समस्या सम्बोधन गर्ने पार्टी नै काँग्रेस भएको बताए । “तपाईहरुको समस्या अरुले समाधान गर्दैनन् ।” उनले भने–“काँग्रेसले सम्बोधन गर्छ । त्यसैले नीति निर्माण गर्ने ठाँउमा पु¥याउन तपाईहरुको मतको खाँचो छ ।”
सुकुम्बासी बस्तीका सर्वाधारणले पनि अब आफनो समस्या काँग्रेसबाट मात्रै हुने सम्भावना देखेका छन् । विगतमा जितेर गएकाहरु समेत नफिर्किएपछि सुकुम्बासीको मन कुँडिएको छ । त्यसैले पनि आफनो मागलाई सम्बोधन गर्ने पार्टीको रुपमा काँग्रेसलाई हेरेका छन् । “काँग्रेसको चाहना समृद्धि हो ।” उम्मेदवार थापाले भने–“सुकुम्बासी व्यवस्थापन गर्दै समृद्धिको परिकल्पना साकार पार्न मेरो उम्मेदवारी हो ।” चुनावी सभामा स्थानीयहरुको ब्यापक उपस्थिती थियो । थापाले शनिवार पोखरा २० भलाममा पनि चुनावी सभालाई सम्बोधन गरेका थिए ।