सिलवाललाई समात्न देशभरका प्रहरी खटिए

काठमाडौं, माघ ४ ।
कार्यसम्पादन मूल्याकन सम्बन्धि गोप्य कागजपत्र कीर्ते गरेको आरोप झेलिरहेका एमाले सांसद तथा पूर्व्डिआईजी नवराज सिलवाललाई पक्राउ गर्न देशभरीका प्रहरी कार्यालयमा पत्राचार भएको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार देशभरी पत्राचार गरेको हो । आईजिपी बढुवासम्बन्धि मुद्दामा सिलवालले पेश गरेको कागजपत्र कीर्ते भएको सर्वाेच्चको फैसलाका आधारमा उनीमाथि काठमाडौं प्रहरीले अनुसन्धान गरीरहेको छ । उपत्यकामा उनलाई फेला नपारेपछि काठमाडौं प्रहरीले प्रधान कार्यालयलाई देशभरी खोजीका लागि पत्राचार गरेको थियो ।
सोही आधारमा देशभरी परिपत्र भएको हो । उपत्यकामा नभेटिएपछि उनलाई पक्राउका लागि प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरिएको काठमाडौं परिसरका डिएसपी बेलबहादुर पाण्डेले बताए । आफु मलेसियामा रहेको भन्दै अन्र्तवार्ता दिइरहेका सिलवाल भने फरार छन् । फरार भएपछि उनलाई पक्राउ गर्न देशभरीका प्रहरी परिचालन गरिएको हो ।