सिक्लेस जाने बाटोमा प्रचण्डलाई मालाको खात

पोखरा, मंसिर २४ ।
शान्ति स्तम्भ अनावरण गर्न सिक्लेस हिडेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई स्थानीयले बाटैमा फूलमालाले स्वागत गरेका छन् । ठाउँठाउँमा उनलाई फूलमाला सहित स्वागत गरिएको हो ।

भूमिगत जीवन त्यागेर शान्ति प्रक्रियामा आउनु अघि उनी सिक्लेसबाटै काठमाण्डौं उडेका थिए । त्यही सम्झनामा मादी गाउँपालिकाले सिक्लेसमा शान्ति स्तम्भ स्थापना गरेको छ ।

त्यसको उद्घाटन गर्न अध्यक्ष दाहाल र पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौला सिक्लेस पुगेका छन् । माला लगाइदिने गाउँलेहरुले सिक्लेस जाने पीच गरिदिन आग्रह गरे ।