भलाममा शान्तिका उपाय सम्बन्धि तिन दिने कार्यशाला सम्पन्न

 

पोखरा, भदौ १८ ।

ए.भि.पि चिल्ड्रेन नेपाल र सि.एस.जिको संयुक्त आयोजनामा पोखरा महानगरपालिका वडा नं २० भलाममा रहेको कम्युनिटी सपोर्ट गु्रप लागु पदार्थ तथा मद्य्पान परामर्श र उपचार केन्द्रमा शान्तिका उपाय सम्बन्धि तिन दिने कार्यशाला सम्पन्न भएको छ ।

समापन कार्यक्रममा बोल्दै सि.एस.जिका अध्यक्ष शिवजी कुवँरले शान्ति स्थापनाको लागि यस्ता किसिमका कार्यक्रमले ठुलो भुमिका खेल्ने बताए । समाजमा रहेका सबै उमेर समूहका निम्ति यस्ता कार्यक्रम प्रभावकारी हुने भन्दै हिंसा, दुव्र्यसन जस्ता नकरात्मक स्थितलाई हटाउने कार्यलाई संस्थाले निरन्तरता दिने गरेको कुवँरले बताए ।

उक्त कार्यक्रममा शान्तिका उपाय के के हुन्?, रुपान्तरणकारी शक्ति के हो?, सुनौँ, बोलौँ रिहास व्यक्त जस्ता बिषयहरुमा हिंसाको विकल्प कार्यक्रम नेपालका अध्यक्ष भिमलाल गुरुङ र सह–संयोजक रमेश सुवेदीले सहजीकरण गरेका थिए ।

कार्यशालामा सि.एस.जिमा उपचारार्थ १८ जनाको सहभागिता रहेको थियो ।

सो कार्यक्रममा सि.एस.जिका व्यवस्थापक पूजन थकाली, चिल्ड्रेन नेपालका निमित्त कार्यकारी निर्देशक डिल्ली प्रसाद शर्मा, कार्यक्रम अधिकृत शारदा शर्मा लगायतको उपस्थिति रहेको थियो ।