साहुको चार लाख रुपैयाँ चोरेर भाग्ने एकजना गोरखाबाट पक्राउ

गोरखा, कार्तिक ११ ।
गोरखाको कलश आयल स्टोर्सबाट पैसा चोरेर भागेका सोही पसलका कर्मचारी पक्राउ परेका छन् । उनी शनिवार राती पसलमा रहेको ४ लाख ९ हजार रुपैयाँ चोरेर भागेका थिए ।

चोरेको आरोपमा मकवानपुर घर भएका १८ वर्षका राज खड्कालाई प्रहरीले पक्राउ गरेको हो । पैसा लिएर भाग्दै गरेका उनलाई आइतबार विहान पाँच बजे मझुवा प्रहरी चौकीबाट खटिएका प्रहरीहरुले पक्राउ गरेका हुन् ।

खड्का सोही स्टोर्सको तेल बोक्ने ट्याङकरमा सहचालकको रुपमा काम गर्थे । पक्राउ परेका खड्कालाई चोरी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ ।