सामुदायिक सेवा केन्दक्रो सरसफाई तेस्रो सातामा

हेमजा, असार ९ ।

सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा हेमजाको आयोजनामा गरिएको सरसफाइ अभियान तेस्रो सातामा आइपुगेको छ । तेस्रो सातामा स्थानीय लामाचौतारादेखि तिबेतियनक्यामसम्मको भित्रीबाटो सरसफाई गरिएको छ ।

वडा अध्यक्ष शोभाकर तिम्सिनाको प्रमुख आतित्थतामा भएको सो कार्यक्रममा संकलित फोहोर महानगरपालिकाको फोहोर संकलन गर्ने गाडीमा व्यवस्थापन गरिएको थियो । समासन समारोहमा बोल्दै तिमिल्सिनाले आफनो टोल आफै सफा गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा हेमजाका विभिन्न संघसंस्थाले समेत सहयोग गरेका थिए । केन्द्रको वार्षिक कार्ययोजना अनुसार आफुहरुले सरसफाई गरेको र यसलाइ निरनतरता दिने केन्द्रका सचिव दानबहादुर भुजेलले बताएका छन ।

सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा हेमजाकी अध्यक्ष बिष्णु बाँस्तोलाका अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम केन्द्रका सचिव दानबहादुर भुजेलले संचालन गरेका थिए ।