सातै प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई काठमाडौंमा बंगला

काठमाण्डौं, असार ७ ।
सातै प्रदेशका प्रमुख र मुख्यमन्त्रीको स्थायी बसाइ सम्बन्धित प्रदेश नै हो । कामविशेषले वेलावेलामा संघीय राजधानी आउने उनीहरूले अब काठमाडौंमा पनि स्थायी सरकारी आवास पाउने भएका छन् ।

सहरी विकास तथा भवन निर्माण विभागले सबैलाई एक–एक भवन दिने गरी सवा अर्ब लागतमा १४ वटा भवन निर्माण गर्न लागेको छ ।

ललितपुरको सैंबु आवास क्षेत्रमा तीन वर्ष्भित्र प्रदेशका भिआइपीहरूका लागि कोलोनी नै तयार हुने विभागले जनाएको छ । नयाँ पत्रिकामा खबर छापिएको छ ।