साढे ५ लाख घुस सहित पोखराबाट ४ जना पक्राउ–सबैजना अदालतमा पुगे

पोखरा, कार्तिक २८ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले केही समय अघि घुस सहित पक्राउ गरेका चारै जनालाई विशेष अदालतमा पठाईएको छ । मालपोत कार्यालय, कास्कीमा कार्यरत मालपोत अधिकृत खेमनारायण पौडेल, नायव सुब्बा रामचन्द्र पौडेल र खरिदार सञ्जय शर्मा तथा उच्च सरकारी वकिलको कार्यालय पोखराका सहन्यायधिबक्ता सुरेन्द्रबहादुर थापा विरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

जग्गा धितोबन्धक पास गर्ने सिलसिलामा सेवाग्राहीसँग ५०–५० हजार रुपैयाँ घुस लिएको अवस्थामा मालपोतका कर्मचारी पक्राउ परेका थिए भने थापाले चाहीँ ठगी मुद्धा सर्वोच्चमा पुनरावेदन नगराउने भन्दै ५ लाख रुपैयाँ घुस लिएका थिए ।