सांसद भएपनि तलवभत्ता लिन्न–देवराज चालिसे

पोखरा, कार्तिक २२ ।
नेपाली काँग्रेसका नेता तथा कास्की क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्य उम्मेदवार देवराज चालिसेले चुनाव जितेपछि सांसदको तलवभत्ता नलिने घोषणा गरेका छन् । क्षेत्र नम्बर २ को चुनावी प्रचार कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सांसदको लागि आउने तलवभत्ता पूरै वालवालिकाको शिक्षा र पोखराको विकासका क्षेत्रमा खर्च गर्ने प्रतिबद्धता जनाए ।
चालिसेले वाम गठबन्धनको नाममा कम्युनिष्टहरुले भोटको माध्यमबाट अधिनायकबाद ल्याउन खोजेको आरोप लगाए । उनले काँग्रेसको बलियो जिम्मेवारी भएकाले जिम्मेवारीबाट पन्छिन नमिल्ने उल्लेख गरे । ‘गफ गरेर, मिठो हाँसेर चिल्ला कुरा गर्दैमा विकास हुँदैन ।’ उनले भने–‘यसको लागि दृढ इच्छाशक्ति र राजनीतिक स्थिरता चाहिन्छ । त्यो काँग्रेसको सामथ्र्यले मात्रै सम्भव छ ।’ आउँदो चुनाव समृद्धीको लागि भएको भन्दै चालिसेले यसले विकासको आधारशीला खडा गर्ने बताए ।
प्रचारप्रसारको क्रममा देवराज चालिसे बुधबार नेपाली काँग्रेसले आयोजना गरेको अखण्ड नेपाल पार्टी स्वागत कार्यक्रम, क्षेत्र नम्बर २ को सम्पर्क कार्यालय उद्घाटन, नेपाल तरुण दलको भेटघाट लगाएत पोखरा ८ को कार्यकर्ता भेलामा सहभागी भए ।