सांसद पार्वत गुरुङविरुद्ध पनि पक्राउ पूर्जी जारी

काठमाण्डौं, असोज २९ ।
दोलखाबाट निर्वा्चित सांसद तथा नेकपा केन्द्रीय सदस्य पार्वत गुरुङलाई पक्राउ पूर्जी जारी भएको छ । ज्यान मार्ने उद्योग मुद्दामा काठमाडौँ जिल्ला अदालतको आदेशमा जिल्ला प्रहरी कार्यालय दोलखाले ८ असोजमा सांसद गुरुङलाई पक्राउ पुर्जीको म्याद तामेल गरेको हो ।

वीरध्वज खड्काले उनी विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दिएका थिए । पछिल्ला केही दिनमा निरन्तर सांसदहरु पक्राउ परेका छन् ।