सांसद दीपक मनाङेले लिए सपथ (भिडियो सहित हेर्नुस्)

पोखरा, माघ १४ ।
मनाङ (ख) बाट बिजयी राजीव गुरुङ उर्फ दीपक मनाङेले सपथ लिएका छन् । सोमबार गण्डकी प्रदेशसभा भवनमा उनले सभामुख समक्ष सपथ लिएका हुन् । कानुनमन्त्री हरि चुमान, सरकारका प्रबक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत, उपसभामुख सिर्जना शर्मा, नेकपाका प्रमुख सचेतक मायानाथ अधिकारी, सचेतक गायत्री गुरुङ सहितको उपस्थितिमा उनले पद तथा गोपनीयताको सपथ लिए ।

सपथपछि सभामुख नेत्रनाथ अधिकारीले कानुन अनुसार सपथ दिलाएको बताए । मनाङेले कानुनी जटिलताका कारण केही ढिलो भएपनि सपथ लिन पाउँदा खुशी लागेको बताए । उनले मंगलबारको संसद बैठकमा सहभागी हुने बताएका छन् ।

कर्तब्य ज्यान मुद्धामा जेलमा रहेका उनलाई अघिल्लो महिना थुनामुक्त गरिएको थियो । थुनामुक्त हुने वित्तिकै सपथका लागि प्रदेशसभामा निवेदन दिएका उनलाई निर्वाचित भएको १४ महिनापछि सपथ गराईएको हो । प्रतिपक्षी दलका सांसदहरुले चाहीँ सपथ गराउनु कानुन विपरित भएको प्रतिक्रिया दिए ।