सांसदको चुनाव खर्च २५ लाख मात्रै

काठमाडौं, असोज २७ ।
प्रतिनिधिसभा सदस्यका उम्मेदवारले चुनावमा २५ लाख रुपैयाँ मात्रै खर्च गर्न पाउने भएका छन् । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको चुनाव खर्चको सीमा सार्वजनिक गरेको हो । जसनुसार प्रतिनिधिसभा सदस्यले २५ लाख खर्च गर्न पाउने छन् भने प्रदेशसभाका उम्मेदवारले १५ लाख खर्च गर्न सक्नेछन् ।
आयोगका अनुसार प्रतिनिधिसभा सदस्यले सवारी साधन र कार्यालय सञ्चालनमा ५÷५ लाख खर्च गर्न पाउने छन् भने प्रतिनिधि परिचालनको सीमा २ लाख छ ।
यस्तै इन्धन, प्रचार सामाग्री, छापा तथा विद्युतीय प्रचारमा १÷१ लाख खर्च गर्न सकिनेछ ।