सशस्त्रका ५ एआईजीले राजीनामा बुझाए

काठमाण्डौं, असार २२ ।
सशस्त्र प्रहरीका पाँचजना अतिरिक्त महानिरीक्षक (एआईजी)ले राजीनामा दिएका छन् । उनीहरुले सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालमार्फत राजीनामा दिएका हुन् ।
राजीनामा दिने एआईजीहरुमा जानकीराज भट्टराई, सुवोध अधिकारी, निराकारविक्रम शाह, खडानन्द चौधरी र राजेश श्रेष्ठ रेहका छन् ।
एआइजीहरुको राजीनामा महानिरीक्षक खनालले गृह मन्त्रालयका निमित्त सचिव रामकृष्ण सुवेदीलाई बुझाएका छन् । बुधबार बसेको मन्त्रिपरिषद बैठकले १४ जेठ २०७४ देखि शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको सबै नियुक्तिहरु खारेज गर्ने निर्णय गरेको थियो । जसअनुसार उनीहरुको पद धरापमा परेको थियो ।