सर्वोच्चले भन्योः प्रधानमन्त्रीले फेरि सपथ लिनु पर्दैन

पोखरा, जेठ ४ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः पद तथा गोपनीयताको सपथ लिनु नपर्ने भएको छ । उनको शपथविरुद्धको रिटमा सर्वाेच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । फेरि शपथ ग्रहण लिनुपर्ने भन्दै रिट परेको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले पुनः सपथ लिनुपर्ने अवस्था नरहेको ठहर गरेको हो । अन्तरिम आदेश दिन अस्वीकार गरेपनि सर्वोच्चले विपक्षीसँग १५ दिनभित्र लिखित जवाफ मागेको छ ।

गएको शुक्रवार शपथ ग्रहणका क्रममा ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द उच्चारण नगरेपछि प्रधानमन्त्रीको सपथ विवादमा थियो ।