सर्वोच्चले बोलायो माओबादी नेतृ आशालाई, प्रदीपको रिटबारे छलफल हुने

काठमाण्डौं, पुस ७ ।
तनहुँ क्षेत्र नम्बर २ को प्रदेशसभा (क) मा प्रत्यक्षतर्फ नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पुन मतदानको मागसहित हालेको रिटमा सर्वोच्चले दुवै पक्षलाई छलफलमा बोलाएको छ । ५ मतले पराजीत भएपछि पौडेलले मतदानका बेला कर्मचारीले त्रुटीपूर्ण काम गरेको भन्दै पुनः मतदानको माग गरेका थिए । यस बिषयमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफल गर्न सर्वोच्चले पुस १९ गते सबै विपक्षीलाई बोलाएको छ । यो क्षेत्रमा माओवादी केन्द्रकी आशा कोइरालाले पौडेललाई ५ मतले पराजित गरेकी थिइन् ।
सर्वोच्चले बिहीबार पौडेलले दर्ता गरेको रिटमा पहिलो सुनुवाई गर्दै अर्को छलफलमा बोलाएको हो । पौडेलको रिटमा कोइरालाको सपथ रोक्न माग गरिएको थियो । तर सर्वोच्चले दुवै पक्षको छलफलपछि मात्र निर्णय गर्न उपयुक्त हुने भन्दै छलफलमा बोलाएको हो ।